arrow

मौसमले प्रिमियर कपमा नेपाल–साउदी, हङकङ–बहराइन खेल अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
mulpani-cricket-stadium-rain.jpeg

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ । पहिलो पटक नेपालले मूलपानी क्रिकेट मैदान (एमसीजी) मा नेपालले अन्तर्राष्ट्रिय खेल खेल्दै गर्दा आजको खेल पूर्ण हुनेमा भने शंका छ । 

बिहान ९ बजेदेखि हुनुपर्ने टससमेत हुन सकेको छैन । हिजोदेखि उपत्यकामा पर्न थालेको पानीले आज पनि निरन्तरता पाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार आज दिनभर उपत्यकाको मौसम बिग्रने छ । 

उपाधि दाबेदार नेपाल आज साउदीलाई हराएर एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउन चाहन्छ । साउदी पनि नेपाललाई हराएर सेमिफाइनल सम्भावना बलियो बनाउने योजनामा छ ।

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा हङकङ र बहराइनबीचको खेल पनि रोकिएको छ । वर्षाले गर्दा टससमेत हुन सकेको छैन ।  


जारी प्रतियोगितामा नेपालले यसअघि मलेसिया र ओमानलाई हराएको छ । प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा आयोजक नेपालसहित मलेसिया, ओमान, साउदी अरेबिया र कतार रहेका छन् । समूह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।

यस्तै शीर्ष तीनमा रहने टोली एसीसी इमर्जिङ कपका लागि छनोट हुनेछन् । नेपाल प्रमुख दावेदार हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ