arrow

पूर्वप्रधानमन्त्रीहरुसँग प्रचण्डको छलफल, भारत जानुअघि संक्रमणकालीन विधेयक टुंग्याउने प्रयास

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
prachanda-pm-final-always.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार साँझ पूर्व प्रधानमन्त्रीहरुसँग सामूहिक छलफल गरेका छन् । संसदीय समितिको गठन, संक्रमणकालीन न्याय सम्बन्धी विधेयक र प्रधानन्यायाधीशको नियुक्तिको विषयमा पूर्व प्रधानमन्त्रीहरुसँग सामूहिक छलफल गरेका हुन् । 

उनले बैठकमा बैशाख अन्तिम साता हुने भारत भ्रमणका बारेमासमेत सुझाव मागेका छन् । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र एसकै सम्मानित नेता झलनाथ खनालको उपस्थिति रहेको थियो । 

प्रधानमन्त्री प्रचण्डले बैशाख ३१ मा भारत भ्रमण जाने तयारी गर्दै भारत समक्ष मिति प्रस्ताव गरेका थिए । पुस १० मा प्रधानमन्त्री नियुक्त भएपछि भारत भ्रमण पहिलो पटक गर्ने गरी अन्य देशको निम्तो आउँदासम्म उनी भ्रमण नगरी भारतलाई कुरिरहेका छन् । 

भारतको कर्नाटक राज्यमा बैशाख २७ मा हुने विधान सभा चुनावपछि प्रधानमन्त्रीले भारतको भ्रमण गर्न लागेको स्रोतको दाबी छ । प्रधानमन्त्री कार्यालयले भने बैशाख ३१ या जेठ १ गते दुई दिनमध्ये एक दिन जाने गरेर तीन दिनसम्मको भारत भ्रमण गर्ने बारेको मिति प्रस्ताव गरेर भारत पठाएको बालुवाटार स्रोतले जनाएको छ । 

उनी भारत भ्रमणमा जानुअघि संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, संसदीय समितिको गठन र प्रधानन्यायाधीश नियुक्तिको विषयलाई टुंगो लगाउनका लागि पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले शनिबार छलफल गरेर बैशाख ३१ र जेठ १ गते (मे १४–१५) मध्ये एउटा एक दिन भ्रमणमा आउन सकिने प्रस्ताव गरेको स्रोतको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ