arrow

वर्षाले नेपाल र साउदीको खेल रद्दतर्फ, नेपाल एक खेलअघि नै सेमिफाइनलमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
mulpani-cricket-stadium-rain.jpeg

काठमाडौं । वर्षाका कारण नेपाल र साउदी अरेबियाबीच मूलपानी क्रिकेट मैदानमा हुने एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गतको खेल रद्द हुने लगभग पक्का भएको छ । वर्षा हुने क्रम नरोकिएसँगै खेलमा टससमेत हुन सकेको छैन । 

यो खेल रद्द हुँदा दुवै टिमले १–१ अंक पाउँछन् । नेपाल १ अंक जोड्दासमेत समूहको शीर्ष स्थानमै हुनेछ । नेपालको ३ खेलबाट ५ अंक हुनेछ र शीर्ष स्थानमै हुनेछ । ३ खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा छ । 

खेल रद्द हुँदा साउदीको ३ खेलबाट ३ अंक हुनेछ । अन्तिम खेलमा नेपालले कतारसँग खेल्नेछ । कतारसँग हार्दा पनि नेपाललाई फरक पर्ने छैन । रन रेट राम्रो भएका कारण नेपाल कम्तीमा उपविजेता हुने नै छ । 

मूलपानी क्रिकेट मैदानमा नेपालले खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । तर त्यो सफल हुने देखिएको छैन । जबकि यो मैदानमा अन्य विदेशी टिमले भने खेलिसकेका छन् । 

हिजो साँझदेखि भएको वर्षा रोकिँदै फेरि आउँदै गर्दा समस्या भएको हो । 

मौसम पूर्वानुमान महाशाखाले दिनभर नै उपत्यकाको मौसम बिग्रने जनाइसकेको छ । 

कीर्तिपुर मैदानको हङकङ र बहराइनबीचको खेल पनि रोकिएको छ । 

अंक तालिका 
समूह एमा रहेको नेपाल २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । ३ खेलबाट ४ अंकको ओमान रन रेटमा पछि पर्दै दोस्रो स्थानमा रहेको छ । मलेसिया ३ खेलबाट २ अंकसहित तेस्रो तथा २ खेलबाट २ अंकको साउदी चौथो स्थानमा छ । २ खेलबाट अंकविहीन कतार पुछारमा छ । 

अर्को समूहमा २ खेलबाट ४ अंकको हङकङ शीर्ष स्थानमा छ । ३ खेलबाट ४ अंकको यूएई दोस्रो स्थानमा छ । बहराइन २ खेलबाट २ अंकसहित तेस्रो तथा कुवेत २ खेलबाट २ अंकसहित चौथो स्थानमा छ । ३ खेलबाट अंकविहीन सिंगापुर पुछारमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ