arrow

शिव र उपेन्द्रबीच टक्कर, निकै पछि परे पुरुषोत्तम 

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८० वैशाख ११ सोमबार
byelection-bara2-candidates.jpg

बारा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गतको उपनिर्वाचनमा बारा २ मा मतगणना जारी रहँदा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहा र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच टक्कर परिरहेको छ । 

३ हजार २३९ मत गणना हुँदा शिवले १ हजार १४६ मत ल्याएका छन् । उपेन्द्रले १ हजार ११७ मत पाएका छन् । 

एमालेका पुरुषोत्तम पौडेल तेस्रो स्थानमा रहेका छन् । उनले जम्मा ५३८ मत पाएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले जम्मा २४४ मत पाएका छन् । तनहुँ र चितवनमा रास्वपा अगाडि हुँदा यो क्षेत्रमा भने रास्वपा प्रतिस्पर्धामै देखिएको छैन । 

बारा २ मा ६५ प्रतिशत मत खसेको थियो । त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहे पनि यादव र कुशवाहाबीच टक्कर भइरहेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ