arrow

संसद समितिमा भागबन्डा मिलेपछि तीन दल संक्रमणकालीन विधेयक समितिमा लैजान सहमत 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
prachanda-three-party.jpg

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्याउन संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गरेर निष्कर्षमा पुग्न संसदीय विशेष समिति गठन गर्ने पनि सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । 

उनका अनुसार कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक, एमालेबाट अध्यक्ष केपी ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी माओवादीबाट अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख सचेतक हितराज पाण्डे सहभागी बैठकमा  संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न १५ सदस्यीय विशेष समिति गठन गर्ने सहमति जुटेको हो । 

प्रतिनिधि सभामा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक पेस गरिएको छ ।  

एमालेलाई तीन समिति
नेकपा एमालेले संघीय संसदको तीन वटा समिति पाउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको प्रमुख तीन ठूला दलका शिर्ष नेताको बैठकले एमालेलाई तीन संसदीय समिति दिने सहमति भएको हो । 

 जसअनुसार प्रतिनिधि सभाका १० वटा समितिमध्ये महत्वपूर्ण मानिएका सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिसहित तीनवटा संसदीय एमालेको भागमा परेको छ । नयाँ सहमतिसँगै संसदीय समिति गठनको प्रक्रिया शुरु हुने भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ