arrow

दुबई उडेको विमानको इञ्जिन फेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
dubai-plane-sky.jpg

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ ।

उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको विमानस्थलका एक कर्मचारीले बताएका छन् ।

फ्लाइ दुबईको जहाजको देब्रे इन्जिन फेल भएर आगो लागेको टावरलाई जानकारी गराइएको छ । 

दाहिने पट्टिको इन्जिनको अवस्था जाँच गरेर के गर्ने भन्ने सल्लाह हुँदैछ ।

जहाज अहिले धादिङको धार्केमाथिको आकाशमा २८ हजार फिटमाथि होल्ड गरिएको छ ।

जहाज राति ९ः१५ बजे दुबईका लागि उडेको थियो । 

जहाजमा १६२ यात्रु सवार रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ