arrow

दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी, काठमाडौं अवतरण नगरी गन्तब्यतिरै लाग्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
fly-dubai-576.jpg

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको एउटा इन्जिनमा आगलागी भएको छ । एउटा इन्जिनमा आगलागी भएपछि अर्को इन्जिनको मद्धतले चलिरहेको छ । उक्त विमानलाई काठमाडौंमै अवतरण गर्ने प्रयास भइरहेको थियो । 

फ्लाइ दुबईको जहाजको देब्रे इन्जिन फेल भएर आगो लागेको टावरलाई जानकारी गराइएको थियो । त्यसपछि जहाज धादिङको धार्केमाथिको आकाशमा २८ हजार फिटमाथि होल्ड गरिएको थियो । 

जहाज राति ९ः१८ बजे दुबईका लागि उडेको थियो । तर एक हजार फिट माथि उड्नासाथ एउटा इन्जिनमा आगलागी भएको जानकारी गराएको थियो । 

एउटा इन्जिनबाट आफू चलिरहेको जहाजले धादिङको धार्केमा २१ हजार फिटमाथि सात मिनेट जति होल्ड भएको थियो । सो समयमा जहाजले ‘अपरेशन इज नर्मल’ भनेर आफ्नो रुट अनुसार अगाडि बढेको नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताएका छन् । 

एफडीबी ५७६ कलसाइन भएको उक्त जहाजमा १७५ यात्रु सवार रहेका छन् । उक्त जहाज नेपाल कटेर भारत पुगिसकेको छ ।

पर्यटनमन्त्री सुदन किरातीले पनि सामाजिक सञ्जाल मार्फत विमान सुरक्षित रुपमा गन्तब्य तर्फ गएको जानकारी गराउदै यात्रुहरुलाई शुभयात्रा भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ