- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भारत । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको सोमबार थप स्वास्थ्य परीक्षण गरिएको छ ।
उपचारमा संलग्न सम्बन्धित चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
उनको स्वास्थ्य उपचार बुधबारदेखि छैटौँ दिन पनि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ ।
राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत गएका थिए ।