arrow

हातखुट्टा बाँधिएको १० शव भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
meghna-river-bangaladesh.jpg

बङ्गाल ।  बङ्गालको खाडीमा माछा मार्ने क्रममा बेपत्ता भएका १० जनाको शव फेला परेको छ । 

कक्स बजार सदर पुलिस कार्यालयका इन्चार्ज रफिकुल इस्लामले पत्रकारहरूलाई बताए अनुसार माछा मार्ने डुङ्गाको शीत भण्डारभित्र शवहरू फेला परेका थिए ।  पीडित सबैको हातखुट्टा बाँधिएको प्रहरीले जनाएको छ ।

स्थानीय डुङ्गाचालकले सोनाडिया टापुको पश्चिमी भागमा माछा मार्ने डुङ्गा तैरिरहेको देखेपछि त्यसलाई किनारामा तानेको अधिकारीहरूले बताएका छन् ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी र अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए । उनीहरूले अर्ध–सडेगलेका शवहरू फेला पारेका तर शबको पहिचान हुन सकेको छैन ।

लुटेराहरूको एक गिरोहले कम्तिमा १० देखि १२ दिन अघि मछुवाहरूलाई आक्रमण गरेर मारेको हुनसक्ने अनुसन्धानकर्ताहरूले अनुमान गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ