- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । गठबन्धनले आफ्नो दाबी गरेको चितवन २ मा मतगणना जारी छ ।
पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने ४१ हजार ५०४ मत पाएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ६१५ मत पाएका छन् । दुवैबीच ३३ हजार ८ सय ८९ मतको अन्तर छ ।
मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा सोही स्थानबाट विजयी बनेका लामिछाने यस पटक अझ बढी मतका फराकिलो अन्तर बनाउने तर्फ लागेका छन् ।
रवि नेपाली कांग्रेसको उमेश श्रेष्ठभन्दा तेब्बर बढी मतले निर्वाचित भएका थिए ।
साथै एमाले उम्मेदवार रामप्रसाद न्यौपाने त्स्रो स्थानमा रहेका छन् । उनले ७ हजार ३ सय ९९ मत प्राप्त गरेका छन् ।