- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चितवन निर्वाचन क्षेत्र २ को पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ४३ हजार १०१ मत पाएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले ८ हजार २५३ मत ल्याएका छन् ।
लामिछानेले निकटतम प्रतिस्पर्धी भन्दा ३४ हजार ८४८ मतको फराकिलो मतान्तर कायम गरेका छन् ।
नेकपा (एमाले)का राम प्रसाद न्यौपानेले ७ हजार ७८९ मत ल्याएका छन् ।