निर्वाचित भएपछि स्वर्णिमले भने- जनताका अपेक्षाको न्याय गर्नेछु
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
657
Shares
तनहुँ । तनहुँ क्षेत्र नं १ मा विजयी भएपछि डा स्वर्णिम वाग्लेले जनताका अपेक्षाको न्याय गर्ने बताएका छन् । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र थाप्दै स्वर्णिमले यस्तो बताएका हुन् ।
उनले ले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरे । उनेले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने उल्लेख गरे ।
तनहुँवासीको विश्वास र भरोसालाई डगमगाउन नदिने बताउँदै भने, “जनताका अपेक्षा न्याय गर्नेछु ।” डा वाग्लेले जिल्लाका सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताए । नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव रहेको जनाउँदै सामूहिक प्रयासलाई इमानदारीपूर्वक निभाउने बताए । देश विकास गर्ने हुटहुटीले आफूहरू आएको जनाउँदै उनेले भने, “सबैको सामूहिक प्रयत्नबाट मात्र देश विकास हुन्छ ।”
आज सम्पन्न मतगणनाअनुसार डा वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भएका थिए ।