- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा जारी मत गणनामा रवि लामिछानेले ५० हजार मत कटाएका छन् ।
योसँगै रविले निकटतम प्रतिस्पर्धी भन्दा करिब ४१ हजार मतको अग्रता कायम गरेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार रविले ५० हजार २९ मत पाएका छन् ।
लामिछानेलाई टक्कर दिने मानिएका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ९ हजार १६५ मत ल्याएका छन् ।
रवि जीतनारायणभन्दा ४० हजार ८६४ मतको फराकिलो मतान्तरले अगाडि छन् ।
नेकपा एमालेका राम प्रसाद न्यौपानेले ८ हजार ८७७ मत ल्याएर तेस्रो स्थानमा छन् ।