arrow

अफगानिस्तानको एयरपोर्टमै आक्रमण, ९ को मृत्यु

logo
प्रकाशित २०७२ मंसिर २३ बुधबार
afgan.jpg.jpeg
एजेन्सी । अफगानिस्तानको कन्धार शहरमा एयरपोर्टमा तालिवान र सेनाबीच भएको भिडन्तमा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनिक र अफगानी नागरिक रहेका बताइएको छ । तालिवान तर्फको हताहतिबारे जानकारी आएको छैन । अफगान तालिवानले मंगलबार साँझै बाक्लो सैन्य उपस्थिति भएको सो एयरपोर्टलाई निशाना बनाएको प्रतिक्रिया दिएको छ ।
 
आक्रमणकारी एयरपोर्टको पहिलो गेटबाट प्रवेश गर्न भने असफल भएको अधिकारीहरुले जनाएका छन् । कन्धार लामो समय देखि तालिवानको पकडमा छ । तालिवानले निशाना बनाएको एयरपोर्टमा नेटो र अफगान सेनाको साझा मूख्यालय छ । प्रान्तीय गभर्नरका प्रवक्ता समीम खोपालवाकले एयरपोर्टमा सैनिक र चरमपन्थीबीच कडा संघर्ष भएको बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ