arrow

इथियोपियामा सरकारको विरोध गर्दा कम्तीमा ५२ जनाको मृत्यु, सयौं घाइते

logo
प्रकाशित २०७३ असोज १७ सोमबार
ethiopia.jpeg
ओरोमिया । अफ्रिकी मुलुक इथियोपियामा सरकार विरोधी नारा लगाउँदा भएको भागदौडमा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । घटनामा सयौं घाइते भएका छन् । 
 
इथियोपियाको राजधानी अदिस अबाबाबाट ४२ किलोमिटर टाढा ओरोमियामा धार्मिक उत्सव मनाउन भेला भएकाहरुले सरकारबिरुद्ध नारा लगाउँदै प्रहरीमाथि ढुंगा र बोतल प्रहार गरेपछि प्रहरीले गोली हानेको थियो ।
 
त्यसपछि मच्चिएको भागदौडमा सुरुवातमा इथियोपियाका मानवअधिकारकर्मीलाई उधृत गर्दै बीबीसीले ३२० जनाको मृत्यु भएको जनाएको थियो । तर पछिल्लो समय यो संख्या ५२ निश्चित गरेको हो । 
 
यकिन तथ्यांक आउन बाँकी नै छ । प्रधाननमन्त्री हायल मारियमले विपक्षीहरुको यो सुनियोजित घटनाले यति ठूलो क्षति भएको जनाएका छन् । उनले प्रहरीले गोली चलाएको भने अश्विकार गरे । 
 
केही प्रत्यक्षदर्शीले प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको बताए पनि केहीले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले एकाएक गोली चलाएको बताएका छन् । 
 
घाइतेमध्ये थुप्रैको संख्यामा गम्भीर भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ