arrow

तनहुँका जनताको भरोसालाई डगमगाउन दिने छैन : स्वर्णिम [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
swarnim.jpg

दमौली । तनहुँ क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले तनहुँका जनताका अपेक्षालाई न्याय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले तनहुँका जनताले दिएको भरोसा र सद्भावलाई न्याय दिने गरी काम गर्ने उल्लेख गरे । 

“तनहुँका जनताले गरेको भरोसालाई डगमगाउन दिनेछैन, अपेक्षा ठूलो छ त्यसलाई न्याय दिने गरी काम गर्ने मेरो प्रतिबद्धता हुनेछ,” उनले भने । लोकतन्त्रमा व्यक्तिभन्दा माथि देश हुने बताउँदै डा. वाग्लेले सकारात्मक एजेण्डा लिएर जनतामाझ गएको र जनताले उक्त एजेण्डालाई समर्थन गरेको बताए । 

“म यहाँ कसैलाई हराउनका लागि आएको थिइन, देशको मुद्धा बोकेर आएको थिएँ । केही प्रवृत्तिको विरुद्धमा आएको थिएँ,” उनले भने । उनले प्रतिस्पर्धी दलका उम्मेदवारहरुसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाए । 

डा. वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने बताउँदै जिल्लाको विकासका साथै देशका मुद्धा सम्बोधनका लागि आफूले भूमिका खेल्ने उल्लेख गरे ।

प्रत्येक मत अमूल्य हुने बताउँदै उनले त्यसलाई आफूले आत्मसाथ गरेको बताउँदै उनले भने, “मेरो नियत असल छ । झुटा आश्वासन दिएको छैन । सकारात्मक एजेण्डा लिएर जनतामाझ गएको थिएँ । सबैको सामूहिक प्रयासले नै देश विकास गर्ने हो ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ