arrow

सीकेले सकेनन् रोक्न, दोस्रो प्रयासमा सदन छिरे उपेन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १३ बुधबार
uprndra-ck.JPG

काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादव दोस्रो प्रयासमा सदन छिरेका छन् । उनी  बारा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यसअघि गत मङ्सिरमा नै उपेन्द्रले सदन प्रवेश गर्न चाहेका थिए । तर उनलाई  जनमत पार्टीका अध्यक्ष डा सीके राउतले रोके । 

गत वर्ष मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नं २ मा जनमतका अध्यक्ष राउतसँग पराजित भएका थिए । 

यसपालि पनि यादवलाई सहज भने भएन । जनमतका शिवचन्द्र कुशवाहाले उनलाई कडा टक्कर दिए । थुप्रै स्थानमा उपेन्द्रलाई कुशवाहाले हराएका पनि छन् ।  त्यसमाथि  बारामा सीकेले नेतृत्व सम्हालेर प्रचार गरेका थिए । 

गए राति सम्पन्न मत गणना अनुसार उपेन्द्रले पाँच हजार ८१ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा छिरेका हुन् । यादवले २८ हजार चार सय १५ मत प्राप्त गर्दा  कुशवाहाले २३ हजार तीन सय ३४ मत पाएका छन् । 

यस्तै नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले १० हजार दुई सय १६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले दुई हजार आठ सय २९, आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले दुई हजार सात सय ३८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल साहले एक सय १९ मत, नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले एक सय नौ मत तथा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्ति यादवले ६० मत पाएका छन् । बारा क्षेत्र नं २ मा गत आइतबार भएको उपनिर्वाचनमा ६८ हजार आठ सय ८७ जनाले मतदान गरेका थिए । 

मङ्सिरमा सम्पन्न निर्वाचनमा यस क्षेत्रबाट जसपा उम्मेदवार रामसहायप्रसाद यादव विजयी भएका थिए । उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि यहाँ उपनिर्वाचन भएको हो । यो निर्वाचन क्षेत्र जसपाको गढका रूपमा रहेको छ । उपेन्द्रले आफूलाई सदन प्रवेशको लागि यो क्षेत्र रोजेको जानकारहरू बताउँछन् । जसमा उनी सफल भएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ