arrow

तनहुँ र चितवन कांग्रेसले गुमाएपछि विश्वप्रकाशले यसो भने

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १३ बुधबार
bishwaprakash-sharma-congress-member-of-parliament.jpg

काठमाडौं ।  तनहुँ र चितवन दुवै स्थानमा नेपाली कांग्रेसले पराजय भोगेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले परिणामले रूपान्तरित हुन सन्देश दिएको बताएका छन् ।  सामाजिक सञ्जाल ट्वीटरमा  उपचुनावमा विजयी उम्मेदवारलाई बधाई दिँदै यस्तो बताएका हुन् । 

कांग्रेसले उपनिर्वाचनका लागि चितवनमा महामन्त्री विश्वप्रकाश शर्मालाई र तनहुँमा अर्का महामन्त्री गगन थापालाई खटाएको थियो । चितवनबाट रवि लामिछाने कीर्तिमानी जित हासिल गरेका छन् भने तनहुँमा स्वर्णिम वाग्ले कांग्रेस उम्मेदवार गोविन्द भट्टराई भन्दा १३ हजार बढी मतले जितेका छन् । 

शर्माले लेखेका छन्,' उपचुनावमा विजयी मित्रहरूलाई बधाई तथा शुभकामना । परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरूप आफूलाई बदल्नु छ । नवीन अभियानमा, नयाँ ढङ्गले जुट्नेछौँ हामी । आदरणीय मतदाताको प्रत्येक मतलाई सम्मान छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ