arrow

संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १३ बुधबार
sambaidhanik-parisad-2080-01-06.jpg

काठमाडौँ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित गरिँदै छ। 

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

आजको बैठकमा संसदीय समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गरिनेछ । 

बैठकमा, प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार विशेष समिति गठन गर्नका लागि सांसद ईश्वरीदेवी न्यौपानेले प्रस्ताव पेस गर्ने तथा सांसद रघुजी पन्तले समर्थन गर्ने अर्को कार्यसूची पनि बनाइएको छ ।

बैठक सङ्घीय संसद् भवन बानेश्वरमा दिउँसो ३ बजे बस्दै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ