arrow

बेलायतीको रक्षा गरेका सय बढी नेपालीलाई देश निकाला गरेको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १३ बुधबार
rescue-afghanistan-british.jpg

काठमाडौं । दुई वर्षअघि तनावपूर्ण अवस्थामा रहेको अफगानिस्तानमा ज्यानको बाजी लगाएर बेलायतीको सुरक्षा गरेका सय बढी नेपालीलाई जबरजस्ती देश निकाला गरेको खुलेको छ । 

त्यतिबेला अफगानिस्तानको अवस्था तनावपूर्ण रहेका बेलामा बेलायती दूतावासमा सुरक्षामा खटिएका सय बढी नेपाली सुरक्षाकर्मी पनि रहेको बेलायती अखबार द गार्डियनले जनाएको छ ।

गार्डियनका अनुसार सन् २०२१ मा अफगानिस्तानलाई तालिवानले नियन्त्रणमा लिनुअघि त्यहाँ रहेका बेलायती दूतावासका कर्मचारीको रक्षामा खटिएका नेपाली सुरक्षाकर्मीहरुलाई उनीहरुको इच्छाविपरीत नेपाल फिर्ता पठाइएको हो । 

तालिबान सत्तामा आएपछि बेलायतसहित पश्चिमा राष्ट्रहरूले सन् २०२१ को अगस्तमा काबुलबाट हजारौंको उद्धार गरेका थिए । बेलायतको रोयल एयर फोर्स (आरएएफ) ले पनि आफ्नो दूतावासमा कार्यरत नेपाली, भारतीयसहित करिब २४ हजार ५०० नागरिकको उद्धार गरेको थियो ।

गार्डियनका अनुसार अनअराइभल ६ महिना भिसा हुँदासमेत बेलायतले नेपालीहरुलाई उद्धार गरेलगत्तै देश निकाला गरेको हो ।

यसो भनेको छ गार्डियनले

ती नेपाली गार्डहरुलाई बेलायतको नर्थ हयाम्प्टन, रिडिङ, अक्सफोर्ड र स्वपन्डनका होटेलमा १० दिन क्वारेन्टाइन पनि नसकिँदै डिपोर्ट गरेको समाचारमा उल्लेख छ । 

कोरोना महामारी ब्याप्त भएका बेलामा बेलायतले बाहिरबाट आउनेलाई १० दिन होटलमा क्वारेन्टाइन बस्नु पर्ने बाध्यात्मक नियम लागू गरेको थियो ।

त्यतिबेला नेपाललाई रातो सूचीमा राखिएको देशको रूपमा तोकिएको थियो । बेलायत सरकारले त्यतिबेला नेपालीहरुलाई देश निकाला गर्यो जतिबेला बेलायतीलाई यात्रा नगर्न निर्देशन दिएको थियो 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ