arrow

अधिवेशन अन्त्य गर्न प्रचण्ड र तिमिल्सिनाबीच छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १३ बुधबार
prachanda-ganeshpd-timalsina.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको अधिवेशन अन्त्य गर्ने विषयमा छलफल थालेका छन् । बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग सदनको अधिवेशन अन्त्य गर्ने विषयमा छलफल गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष तिमिल्सिनाबीच संवैधानिक परिषदसम्बन्धी विधेयक पारित गरेर संसद अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको हो । 

साथै सो भेटमा प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष तिमिल्सिनाले आफ्नो रूसको संघीय संसद उपल्लो सदनको निमन्त्रणामा भएको भ्रमणबारे जानकारी गराए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ