arrow

टेरामोक्सलाई भ्वाइस कलसहितका विवरण नदिन गम्भीर ध्यानाकर्षण [पत्रसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १३ बुधबार
telecome-unions.jpg

काठमाडौं । नेपाल टेलिकमको विभिन्न नेटवर्कमार्फत हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलहरु, भ्वाइस तथा एसएमएस विवरण लगायत लाइभ डाटा माग गरिएको भन्दै टेलिकमसँग आवद्ध युनियनहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामोक्स) प्रणालीलाई टेलिकमको प्रणालीसँग पहुच पुग्ने गरी माग गरेसँगै टेलिकममा क्रियाशील चार वटा युनियनहरुले आपत्ति जनाएका हुन् । 

उनीहरुले टेलिकम प्रवन्ध निर्देशकलाई ध्यानाकर्षण पत्र लेख्दै विश्व बजारमा अपवादमा ट्राफिक मनिटरिङ र इन्टरनेट फायरवाल बाहेक यो प्रविधि प्रयोगमा नल्याएको भन्दै नेपालमा पनि यो कदम नउठाउन आग्रह गरेका छन् । 

११ वटा बुँदामा ध्यानाकर्षण पत्र समेट्दै चार युनियनले संचार मन्त्री, नेपाल दूरसञ्चार कम्पनीका संचालक समिति अध्यक्ष, दूरसञ्चार प्राधिकरणका अध्यक्ष तथा श्रम तथा रोजगार कार्यालयलाई बोधार्थ पठाएका छन् । 

पत्रसहित– 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ