arrow

कोरोनाबाट थप एक जनाको मृत्यु, ८२ संक्रमित थपिए, खोप लगाउने बढे 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १३ बुधबार
nepal-corona-virus.jpg

काठमाडौं । कोरोना भाइरसबाट बुधबार थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप एक जनाको मृत्यु भएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २८ पुगेको छ । 

त्यस्तै ८२ संक्रमित थपिएका छन् । ४९४ जनाको पीसीआर परीक्षणबाट ३७ तथा १ हजार १४० जनाको एन्टिजेन परीक्षणबाट ४५ संक्रमित थपिएका हुन् । 

यसअघि गत साताको मंगलबार मात्रै गत वर्षदेखिकै उच्च १७१ संक्रमित थपिएका थिए । 

हाल सक्रिय संक्रमित पीसीआर परीक्षणबाट ३६१ रहेका छन् । जसमा काठमाडौं उपत्यकामा २९ जना संस्थागत आइसोलेसनमा, ५ जना आईसीयूमा तथा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

जसमा वीर अस्पतालको एचडीयूमा १५ जना आईसीयूमा २ जना तथा भेन्टिलेटरमा १ जना रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ जना एचडीयूमा र २ जना आईसीयूमा रहेका छन् । ग्रान्डी अस्पतालमा १ जना जनरलमा  र १ जना आईसीयूमा रहेका छन् । वीरेन्द्र अस्पताल छाउनीमा १ जना जनरलमा रहेका छन् । उपत्यका बाहिरको विवरण भने मन्त्रालयले दिएको छैन । 

६५ जनामात्र संक्रमणमुक्त भएका छन् । खोप लगाउनेको संख्या बढेर ८८ हजार ६४३ रहेको छ । केही दिनदेखि मन्त्रालयले विवरण नदिएकामा बुधबार एकैदिन दिएको हो । मन्त्रालयले प्रक्रिया पुगेका सबैलाई खोप लगाउन आग्रह गरिरहेको छ । 

बेवास्ता नै बढी 
नेपालमा कोरोना भाइरसको महामारी द्रूत गतिमा बढिरहेको छ । सात किसिमका ओमिक्रोनका भेरियन्ट अहिले फेलिएका छन् । त्यतिमात्र हैन भारतमा द्रूत गतिमा फैलिएको नयाँ भेरियन्ट एक्सबीएफसमेत नेपालमा देखिइसकेको छ । 

तर सावधानी कमैलेमात्र अपनाएका छन् । परीक्षण गराउन जाने पनि निकै नै कम छन् । घरदेखि अस्पतालसम्म र सार्वजनिक यातायातदेखि कार्यालयसम्म कसैले पनि कोभिड प्रोटोकल लागू गरेको पाइँदैन । 

त्यतिमात्र हैन मास्कसमेत लगाएको पाइँदैन । कोरोना फैलिने सबैभन्दा खतरा अस्पतालमै हुने भए पनि अस्पतालमासमेत बिना मास्क बिरामीदेखि चिकित्सकसम्म हिँडिरहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेसमेत पटकपटक सावधानी अपनाउन भन्दै औपचारिक रुपमा सन्देश दिए पनि सरकारले नै सुनेको छैन । पूर्वतयारीसमेत गरिएको छैन ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ