arrow

बिक्री भएन दाङमा उत्पादित मह

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १४ बिहिबार
honey-farm.jpg

दाङ ।  दाङ तुलसीपुर उपमहानगरपालिका–६ स्थित माधव शर्माले यस वर्ष उत्पादन गर्नुभएको दुई टन मह बिक्री भएको छैन  । उनी मह बिक्री नहुँदा त्यतिकै थन्काएर राख्नुपर्ने बाध्यतामा परेका छन् । 

त्यस्तै तुलसीपुर–१५ का किसान आशिष अधिकारीले उत्पादन गर्नुभएको छ टन मह मध्ये साढे दुई टन मात्रै बिक्री गरेका छन् । 

उनले भने, “साढे तीन टन मह थन्काएर राखेको छु ।” उनहरु त उदाहरण मात्रै हो । विगत दुई वर्षदेखि दाङमा उत्पादन भएको महले बजार पाउने गरेको छैन । 

भारतबाट आउने महले गर्दा जिल्लामा उत्पादन भएको महले बजार नपाउने गरेको किसानको गुनासो छ । “बिना भन्सार भारतबाट मह आउँछ”, किसान  शर्माले भने, “भारतबाट आउने कम गुणस्तरको महले हाम्रो मह बिक्री हुने गरेको छैन ।”  

विगतमा मौरीबाट राम्रै आम्दानी गर्ने गरेका किसान पनि पछिल्लो समय यसप्रति भविष्य देख्न छाडेका छन् । कच्चा पदार्थ एक वर्षसम्म पनि नबिग्रिने भएपछि जिल्लामा किसान यो पेसामा आकर्षित थिए तर, उत्पादित महले बजार नपाएपछि भने यो पेसाप्रति भविष्य देख्न छोडेका किसान आशिष अधिकारीको भनाइ छ । 

“यो पेसाप्रति किसान आकर्षित थिए, विगतमा राम्रै आम्दानी थियो”, उनले भने, “तर, अहिले मह बिक्री नभएपछि पलायन हुने अवस्था छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ