arrow

भारतीय सैनिकको रार्इफल क्याम्पमा आंतकवादी हमला, एक सैनिकको मृत्यु

logo
प्रकाशित २०७३ असोज १७ सोमबार
Indian-Army.jpeg
काठमाडौ । भारत प्रशासित कास्मिरस्थित एक सैनिक क्याम्पमा आइतवार राति आंतकवादी हमला हुँदा एक सैनिक जवानको मृत्यु भएको छ । 
 
हमलामा भारतीय सिमा सुरक्षा बल बिएसएभ का एक सैनिक अधिकृत मारिएको भारतीय प्रहरीलाई उद्रित गर्दे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 
 
भारतीय सुरक्षा बलको जवाफी कार्वाहीमा केही विद्रोही मारिएको हुनसक्ने जनाइएको छ । यद्धपि  अहिलेसम्म कुनै विद्रोहीको शव फेला परेको छैन । 
 
कास्मिरलाई लिएर भारत र पाकिस्तानबीच लामो समयदेखि खटफट चलिरहेको छ । गत सेप्टेम्बरमा उरीस्थित एक सैनिक अखडामा हलमा हुँदा १९ जना भारतीय सैनिकको ज्यान गएको थियो । 
 
त्यसको झण्डै एकहप्तापछि भारतले सर्जिकल स्ट्राइक भनेर दाबी गरेको उक्त हमलामा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ