arrow

भारतमा फर्किनेमा कोरोना, कञ्चनपुरमा बढे संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १४ बिहिबार
corona-virus-covid-19.jpg
तस्बिर – फाइल ।

दोधारा चाँदनी । पछिल्लो एक सातायता कञ्चनपुरमा कोरोना सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार मात्रै कञ्चनपुरमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा अधिकांश भारतबाट नेपाल फर्किनेहरु छन् । 

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन शिद्धराज भट्टले भारतबाट आउनेमा सङ्क्रमण देखिएको बताए । “पहिला जस्तो सिकिस्त बिरामी पर्ने खालको देखिएको छैन ।” उनले भने–“अहिले सीमानाका गड्डाचौकीमा भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण जाँच भइरहेको छ ।” 

यहाँको बेलौरी नगरपालिकामा सबैभन्दा बढी सङ्क्रमित देखिएका छन । जिल्लामा जम्मा सक्रिय सङ्क्रमित २६ जनामध्ये २४ जना बेलौरीकै छन् । बैलौरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयसिंह बोहराले सङ्क्रमित हुने अधिकांश भारतबाट आएका रहेको बताए । 

“बुधबार शङ्कास्पद १६ जनाको परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ ।” उनले भने–“अहिले शङ्कास्पद बिरामीको मात्रै परीक्षण गर्ने गरेका छौँ ।”
    
गड्डाचौकी हेल्थ डेस्क प्रमुख प्रिति बोहराले भारतबाट आउनेमा कोरोना सङ्क्रमण देखिएको बताए । “बुधबार तीन जनामा सङ्क्रमण देखिएको छ ।” उनले भने–“अहिले घर फर्किनेको सङ्ख्या कम छ ।”

बुधबार नाकामा एक सय ४९ जनाको कोरोना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको हो । अहिले कञ्चनपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ