arrow

गण्डकी प्रदेशको नयाँ सरकार कांग्रेसको नेतृत्वमा, पाण्डे मुख्यमन्त्रीमा नियुक्त 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १४ बिहिबार
gandaki-province-surendraraj-pandey-.jpg

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा अपरान्ह नियुक्त गरेका हुन् । 
 
कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका सात र एक स्वतन्त्रसहित ३५ प्रदेशसभा सदस्यको समर्थन जुटाएर नेता पाण्डेले मुख्यमन्त्रीमा दिउँसो दाबी पेस गरेका थिए । 

मुख्यमन्त्रीमा नियुक्त पाण्डे गोरखा–२ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । विश्वासको मत गुमाउँदै एमाले नेतृत्वको सरकार ढलेपछि यहाँ नयाँ गठबन्धन सरकार बनेको हो । मुख्यमन्त्रीको शपथ शुक्रबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

६० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्छ । संसद्‌मा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसको २७ सिट रहेको छ ।

सभामुखसहित माओवादीको ८ सिट रहेको छ भने स्वतन्त्र सांसद मनाङे पनि गठबन्धनमा छन् । 

यसअघि पुस २५ मा एमालेका खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले विश्वासको मत गुमाएपछि नयाँ सरकार गठन भएको हो  । 

कांग्रेसले एकैदिन दुई वटा प्रदेशको नेतृत्व गर्ने अवसर पाएको छ । दिउँसोमात्रै लुम्बिनी प्रदेशमा पनि कांग्रेसका डिल्ली चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । त्यहाँ पनि एमालेको सरकार ढलेको थियो । लिला गिरीले विश्वासको मत नपाउँदा एमाले नेतृत्वको सरकार ढलेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ