arrow

माओवादीका अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णयको गगन थापाले गरे विरोध 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १४ बिहिबार
gagan-thapa-2079-11-28.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माओवादीका अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णयको विरोध गरेका छन् । बिहीबार साँझ  सामाजिक सञ्जाल ट्विटरमार्फत गगनले सरकारको सो निर्णयको विरोध गरेका हुन् । 

राज्यकोषमा स्रोतको व्यापक दबाब परेका बेला लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णय गलत भएको भन्दै निर्णय रोक्नुपर्ने उनले माग गरेका छन् । उनले संक्रमणकालीन न्यायसम्बन्धी विधयेक विचाराधीन रहेकाले रकम बाँड्ने भन्दा पनि कानून बनाएर टुंग्याउनुपर्ने धारणा राखेका छन् ।

राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठूलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर्छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधिन रहेकोले सरकार रकम बाँड्न होइन । पीडितमैत्री कानुन बनाई संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुङ्ग्याउन केन्द्रित होस्,’ गगनले भनेका छन् ।

सरकारले शान्ति प्रक्रियाको १८ वर्ष बितेपछि सशस्त्र द्वन्द्वकालका माओवादी अयोग्य लडाकुलाई राहत वितरण गर्ने तयारी गरेपछि त्यसको विरोध भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ