arrow

रणवीरको फिल्ममा नेपालका टंक

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
ranbir-tanka.JPG

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुरको फिल्म एनिमलमा नेपाली मुलका टंक धमलाले अभिनय गरेका छन् । लियो ट्याङ्कको उपनामले चिनिने अभिनेता टंक धमलाले हालै भारतीय चलचित्र एनिमल मा अभिनय गरेका हुन् ।

गिल्फोर्ड एयरपोर्ट, हर्टफोर्डसायरस्थित ब्रोकेट हललगायत हेरिटेज साइटमा छायाङ्कन उनले पुरा गरेका छन् । चलचित्रमा अभिनेता रणवीर कपुर, बबि देओल, अनिल कपुर, तृप्ति डिम्री, रश्मिका मन्दना आदि कलाकारले अभिनय गरेका छन् ।

'झन्डै दुई साता छायाङ्कन भयो । बलिउडका प्रसिद्ध कलाकारसँग काम गर्दा मैले सिक्ने अवसर पनि पाएँ', अभिनेता धमलाले भने, 'म एजेन्सीमार्फत चलचित्रमा छानिएको हुँ । अभिनेता बबि देओलका भाइको भूमिका निर्वाह गर्न पाएँ, आत्मविश्वास बढेको छ ।' 

अभिनेता धमलाले बेलायतमा बस्छन् । उनले बेलायतको तालिममा सहभागी भएर अभिनय गरेका हुन् । लन्डनमा पेसाले चार्टर्ड एकाउन्टेन्ट टंकले यसअघि नेपाली तथा ब्रिटिस चलचित्र, विज्ञापन, भिडियोमा काम गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ