- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेले संसद् सचिवालयलाई संसदीय समितिमा रहने सदस्यको नाम पठाएको छ । बिहीबार साँझ एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले प्रतिनिधि सभाका दशवटा विषयगत समितिमा दलबाट प्रतिनिधित्व गर्ने सांसदहरुको नाम दिएका हुन् ।
एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार अर्थ समितिमा विष्णु पौडेल, पदम गिरी, जुली महतो, सूर्य थापा, भगवती चौधरी, अमर रायमाझी, नारायणप्रसाद आचार्य र रणकुमारी बलम्पाकी मगरको नाम मनोनयनका लागि छनोट गरी बुझाएको छ ।
यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा केपी शर्मा ओली, भीम आचार्य, हरि उप्रेती, सुनीता बराल, देवीप्रकाश भट्टचन, एकनाथ ढकाल, सम्झना थपलिया र दामोदर बैरागीलाई सिफारिस गरेको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता र लक्ष्मीमहतो कोइरीको नाम पठाएको छ ।
कानून, न्याय तथा मानवअधिकार समितिमा सुवासचन्द्र नेम्वाङ, महेश बर्तौला, मनबहादुर गुरुङ, किरणकुमार साह, नैनकला थापा, प्रतीक्षा तिवारी र चन्द्रबहादुर विश्वकर्माको नाम पठाएको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ज्वालाकुमारी शाह, सूर्यप्रकाश ढकाल, बिजुला रायमाझी, सरस्वती सुब्बा, अमृतलाल राजवंशी, गंगाप्रसाद यादव, मानवीर राई र सूर्यकुमारी श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
महिला तथा सामाजिक मामिला समितिमा टोपबहादुर रायमाझी, ईश्वरीबहादुर रिजाल, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, हर्कमाया विश्वकर्मा, आश्मा चौधरी र बिना देवीलाई पठाएको छ ।
राज्यव्यवस्था तथा सुशासन समितिमा पृथ्वीसुब्बा गुरुङ, कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, लीलानाथ श्रेष्ठ, राजेन्द्रकुमार राई, बलराम अधिकारी, वासुदेव घिमिरे र मेनकाकुमारी पोखरेलको नाम सिफारिस गरिएको छ ।
पूर्वाधार विकास समितिमा गोकर्ण विष्ट, ठाकुर गैरे, वसन्त नेम्वाङ, महेश बस्नेत, निर्मला कोइराला (देवकोटा), दयालबहादुर शाही, प्रेमबहादुर महर्जन र राजकुमार गुप्तालाई पठाइएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छविलाल विश्वकर्मा, विद्या भट्टराई, प्रभु हजारा दुसाध, ईश्वरी घर्ती, सरिता भुसाल, दीपा शर्मा, उर्मिला थेबे र कालुराम राईको नाम सिफारिस गरिएको छ ।
सार्वजनिक लेखा समितिमा योगेश भट्टराई, गोकुल बाँस्कोटा, अच्युतप्रसाद मैनाली, दामोदर भण्डारी, ऋषिकेश पोखरेल, सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मणि राना बराइलीको नाम सिफारिस गरेको छ ।
एमालेले संसदीय समितिको गठन हुनुपर्ने माग राख्दै संवैधानिक परिषदको बैठकमा बखेडा झिकेको थियो । सरकारले संसदीय समिति बनाउने प्रकृया शुरु गरेसँगै एमालेले ती नाम बुझाएको हो ।