arrow

मुख्यमन्त्री पाण्डेको सपथ हुँदै, मन्त्रीको अझै लागेन टुंगो

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
surendraraj-pandey-chief-minister-gandaki.jpg
तस्बिर – फाइल ।

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनियताका शपथ लिँदैछन् । नेकपा माओवादी लगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका पाण्डेले मध्यान्ह १२ बजे पद तथा गोपनीयताका शपथ लिन लागेका हुन् । 

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनको पद तथा गोपनीयताको शपथ गराउने छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख गुरुङले बिहीबार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री पाण्डेसँग मन्त्रीहरुले पनि सपथ लिन्छन् कि लिँदैनन् भन्ने अझै टुंगो भने लागेको छैन ।

मुख्यमन्त्री पाण्डेले मन्त्रीहरुका आंकक्षी आफनै पार्टी नेपाली कांग्रेसका सांसद तथा प्रमुख सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरुसँग भने छलफल गरिरहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ