arrow

आन्दोलनमा महावीर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
Pun-mahabir.jpeg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन आजबाट आन्दोलनमा उत्रेका छन् । ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रने घोषणा गरे अनुसार आज माइतीघर मण्डलामा प्रदर्शन गर्नेछन् ।

अविश्कार केन्द्रका प्रमुख पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तीमा १ प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका माग राखेर उनी आन्दोलनमा उत्रेका हुन् ।

गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाएपछि आक्रोशित पुन आन्दोलनमा होम्मिएका हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ