arrow

पुष्पा २ मा एनटीआर

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
ntr-pushpa.JPG

काठमाडौं । दक्षिण भारतीय चलचित्र पुष्पा २ मा अभिनेता जुनियर एनटीआर देखिने भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा: द रुल’मा  एनटीआर ले पनि अभिनय गर्ने भएका हुन् । दोस्रो भागले बक्स अफिसमा धमाका गर्ने अपेक्षा गरिएको छ ।

हालै  जुनियर एनटीआरको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।  तस्बिरमा जुनियर एनटीआर निकै कूल स्टाइलमा देखिएका छन् ।  तस्बिरमा जुनियर एनटीआर सेतो शर्टमा देखिएका छन् । 

क्याप्सनका अनुसार जुनियर एनटीआर रामोजी फिल्म सिटीमा पुष्प २ को सेटमा आइपुगेका थिए। हालै पुष्प २ को टिजर र पोस्टर रिलिज भएको छ। 

 फिल्मको पहिलो भागमा अल्लु अर्जुनका साथै रश्मिका मन्डन्ना र फहद फासिल मुख्य भूमिकामा थिए।  फिल्मको हिन्दी संस्करणले करिब १०० करोड कमाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ