arrow

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेतबीच कीर्तिपुरमा भिडन्त 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १६ शनिबार
acc-premier-cup-semifinal-2023-04-29.jpg

काठमाडौं  । राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताका सेमिफाइनल खेलहरु आज हुँदैछन् । दुवै खेल बिहान ९ बजे शुरु हुँदैछन् । 

त्रिभुवन विश्वबिद्यालयको खेल मैदान कीर्तिपुरमा नेपालले कुवेतसँग खेल्दैछ । त्यसैगरी मूलपानी क्रिकेट मैदान (एमसीजी) मा यूएई र ओमान खेल्दैछन् । 

नेपाल समूह चरणमा ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समूह ए बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बी बाट  उपविजेता कुवेत अन्तिम खेलमा हङ्कङ्लाई ३० रनले हराएर सेमिफाइनलमा पुगेको हो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटमा र्यूएईभन्दा पछि पर्दै उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । 

यसैगरी समूह ए को उपविजेता ओमान र समूह बीको विजेता यूएई मूलपानीमा खेल्नेछन् । यूएई ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ समूह बीबाट विजेता टोली बनेर सेमिफाइननलमा पुगेको हो भने ओमान ४ खेलमा ३ मा जित र १ हारका साथ ६ अंकका साथ समूह ‘ए’बाट दोस्रो स्थानमा रहेको टोली हो ।

जारी प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्नेछ । शीर्ष तीन टोलीले भने एसीसी इमर्जिङ कप खेल्न पाउने छन् । 

नेपाल–कुवेत हेड टु हेड

नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएको छ । जसमा नेपालले दुई तथा कुवेतले एक जित हात पारेको छ ।

कुवेतसँगको पछिल्लो भेट सन् २०१२ मा यूएईमा भएको थियो । एसीसी ट्रफी एलिटमा भएको खेलमा कुवेत ४ विकेटले विजयी भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ