arrow

घरमै बसेर गृहणीले कसरी घटाउने मोटोपना ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १६ शनिबार
fat-women.jpg
तस्बिर – सांकेतिक ।

काठमाडौ‌ । महिलामा तौल बढनु एक समस्या बनिरहेको हुन्छ । खासगरी गृहणी महिला आफ्नो बढेको तौलका कारण हैरान भइरहेका हुन्छन् । किनकि कामकाजी महिला आफ्नो तौललाई सन्तुलनमा राखिरहेका हुन्छन् । 

तर गृहणी महिला घरायासी काममा ब्यस्त रहनु पर्ने भएकाले आफ्नो बढेको तौललाई सन्तुलनमा राख्न सकिरहेका हुन्नन् । उनीहरु तौल सन्तुलनका लागि समय पाउँदैनन् र मोटो शरिर लिएर बसिरहेका हुन्छन्  । 

यिनीहरुलाई समय भए त जिम सेन्टर गएर आफनो शरीरको तौल सन्तुलनमा राख्थे तर समय नहुने भएका कारण उनीहरु असन्तुलितत शरिर लिएर बसिरहेका हुन्छन् ।
 
यस्तो अवस्थामा के गर्ने त ? हामी तपाईलाई केही टिप्स बताउने छौं, जसले तपाईको शरीरको तौललाई सन्तुलित र आकर्षक बनाउन मद्धत गर्नेछ । 

यसरी घटाउनुहोस मोटोपना–
यदि तपाईं गृहिणी हुनुहुन्छ भने तौल घटाउन सजिलो छैन तर केही सजिलो उपाय अपनाएर आफ्नो शरीरलाई राम्रो बनाउन सक्नुहुन्छ। तौल घटाउने पहिलो उपाय भनेको भनेको हिँड्नु हो।

हामी यो मान्दैछौं कि घरको कामले तपाईलाई फुर्सद हुदैन तर पनि बिहान वा साँझ जुन सुकै समय मिल्छ, त्यो बेला विस्तारै हिडन सुरु गर्नुहोस् । विस्तारै बिस्तारै हिडाईको गतिलाई क्रमशः अघि बढाउनुहोस र समयलाई पनि बढाउनुहोस । साथै, केही कार्डियो एक्सरसाइजको पनि गर्न सक्नुहुनेछ । 

यो होइन कि जुन सुकै काम र हिडाई तिव्र गतिमा गर्नुपर्छ तर आफनो क्षमता अनुसार हिडाईको गतिलाई अघि बढाउनुहोस । मोटोपना घटाउने भन्दैमा जर्वजस्ती र तिव्र गतिले नहिडनुहोस र न दौड्नुहोस् । 

यसका साथै खानपीनवाट बच्ने काम गर्नुहोस । जसमा चिल्लो र धेरै क्यालोरी हुनेवाला खाना नखानुहोस् । अस्वस्थ्यकर खानपिनलाई पुरै बन्द गर्नुहोस । 

जति सकिन्छ, घरमा बनाएको कुरा खानुहोस् । बाहिरका सबै खानेकुराहरुलाई बन्देज गराउनुहोस् । हाइड्रेट रहनुहोस र खानामा जति सकिन्छ फाइबारयुक्क्त खानेकुराहरु खानुहोस । साथै, प्रोटिन प्राप्त हुने खानेकुराहरु खानुहोस । 

र, तपाई एकदिनमा कति क्यालोरी उत्पादन गर्नुहुन्छ, त्यो नोट गर्दै जानुहोस । यसका लागि तपाईलाई स्मार्ट वाचको आवश्यक्ता पर्न जान्छ । (स्वास्थ्यका लागि चिकित्सकको सल्लाह लिन नभुल्नुहोस्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ