- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताका दुई सेमिफाइनल खेलहरु भइरहेका छन् । त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा नेपालले कुवेतसँग तथा मूलपानी क्रिकेट मैदान (एमसीजी) मा यूएई र ओमान खेलिरहेका छन् ।
खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । नेपाली टिममा एक परिवर्तन भएको छ । गुलसन झाको ठाउँमा करण केसी आएका छन् । त्यस्तै मूलपानीमा यूएईले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।
नेपाल समूह चरणमा ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समूह ए बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बी बाट उपविजेता कुवेत अन्तिम खेलमा हङ्कङ्लाई ३० रनले हराएर सेमिफाइनलमा पुगेको हो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटमा र्यूएईभन्दा पछि पर्दै उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।
यसैगरी समूह ए को उपविजेता ओमान र समूह बीको विजेता यूएई मूलपानीमा खेल्नेछन् । यूएई ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ समूह बीबाट विजेता टोली बनेर सेमिफाइननलमा पुगेको हो भने ओमान ४ खेलमा ३ मा जित र १ हारका साथ ६ अंकका साथ समूह ‘ए’बाट दोस्रो स्थानमा रहेको टोली हो ।
जारी प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्नेछ । शीर्ष तीन टोलीले भने एसीसी इमर्जिङ कप खेल्न पाउने छन् ।
नेपाल–कुवेत हेड टु हेड
नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएको छ । जसमा नेपालले दुई तथा कुवेतले एक जित हात पारेको छ ।
कुवेतसँगको पछिल्लो भेट सन् २०१२ मा यूएईमा भएको थियो । एसीसी ट्रफी एलिटमा भएको खेलमा कुवेत ४ विकेटले विजयी भएको थियो ।