arrow

सुरज पन्चोलीले पाए जिया खान आत्महत्या प्रकरणमा सफाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १६ शनिबार
suraj-p[ancholi-jia-khan.jpg

मुम्बई । बलिउड अभिनेत्री जिया खान आत्महत्या मुद्धामा भारतको सीबीआईको विशेष अदालतले शुक्रबार अभिनेता सुरज पन्चोलीलाई निर्दोष भन्दै सफाइ दिएको छ । अदालतले अभिनेत्री जियालाई अभिनेता सुरजले आत्महत्या गर्न उक्साएको भनी लगाएको आरोपको प्रमाण नपुगेका भन्दै उनलाई सफाइ दिएको हो ।

अदालतले आदेश सुनाउँदा सुरज अदालतको कोठामा उपस्थित थिए । सुरजमाथि जियाकी आमा राबिया खानले छोरीलाई आत्महत्या गर्न उकासेको आरोप लगाएकी थिइन् । जियाले सन् २०१३ को जुन ३ मा फ्ल्याटमा आत्महत्या गरेकी थिइन् ।

अदालतले घटनाको १० वर्षपछि फैसला सुनाएको हो । जियाकी आमाको उजुरीपछि अभिनेता र जियाका प्रेमी सुरजलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले जियाको घरबाट ६ पृष्ठको सुसाइड नोट फेला पारेको थियो । नोटमा जियाले सुरजसँगको बिग्रिएको सम्बन्धले आफू चिन्तित रहेको उल्लेख गरेकी थिइन् ।

अभिनेता सुरज अभिनेता आदित्य पन्चोली र अभिनेत्री जरीना वहाबका छोरा हुन् । सुरजकी आमा तथा अभिनेत्री जरीनाले छोरा निर्दोष रहेको बताउँदै आएकी छन् ।

जियाले १८ वर्षको उमेरमा रामगोपाल वर्माको फिल्म ‘निशब्द’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यो फिल्ममा अमिताभ बच्चनको पनि अभिनय थियो । यो फिल्मपछि उनी आमिर खानको ब्लबबस्टर फिल्म ‘गजनी’मा अभिनय गरिन् । 

उनको अन्तिम फिल्म अक्षय कुमार स्टारर ‘हाउसफूल’ थियो । ‘गजनी’ र ‘हाउसफूल’ दुबैले बक्सअफिसमा सय करोड बढी व्यापार गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ