arrow

सरकारकी प्रवक्ता भन्छिन् – अयोग्य लडाकुलाई आर्थिक सहयोग पहिलाकै निर्णय 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १६ शनिबार
rekha-sharma-minister-information.jpg
तस्बिर – फाइल ।

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएकी छिन् । नेकपा माओवादी केन्द्र दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउन लागको स्पष्ट पारिन् । 

यस वर्ष विद्यालयको पठनपाठन शुरु हुनुभन्दा पहिले नै हातहातमा पुस्तक पुगेको उल्लेख गर्दै यो एतिहासिक काम भएको बताइन् । विगतमा परीक्षा हुँदाका बेलासम्म पनि पुस्तक नपुगेको र यस पटक भने समयमै पाठ्यपुस्तक पुग्नु सरकारको ठूलो उपलब्धि भएको उनको भनाइ थियो । 

फरक प्रसङ्गमा मन्त्री शर्माले दाङमा विमानस्थलका नाममा राजनीति नगर्न आग्रह गरिन् । “यसो गर्दा विमानस्थल विस्तारमा असर गर्छ”, उनले भनिन्– “पहिलो प्राथमिकता भनेको तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थललाई नै प्रभावकारी बनाउने हो । त्यहाँ प्राविधिक समस्या भए मात्र दाङको जुनसुकै ठाउँमा भए पनि प्रभावकारी विमानस्थल हुनुपर्छ ।”

जिल्लाका धेरै ठाउँमा अझै पनि टेलिकम टावर नहुँदा फोन सेवाको पहुँच पुग्न नसकेको मन्त्री शर्माले बताइन् । धेरै ठाउँमा टावर निर्माणको प्रक्रिया अघि बढेको उनले जानकारी दिइन् । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरु भएको भन्दै अबको केही समयमा स्नातक तहका शैक्षिक कार्यक्रम सुरु गर्ने तयारी रहेको उनले बताइन् ।

सो अवसरमा चारवटै पालिकाका माओवादी केन्द्रका अध्यक्षले विकास निर्माणको अवस्थाका बारेमा मन्त्री शर्मालाई जानकारी दिएकी थिइन् । बबई गाउँपालिकाका अध्यक्ष एकलाल घर्ती, दङ्गीशरणका अध्यक्ष मनिराम चौधरी, तुलसीपुरका अध्यक्ष खुसीराम चौधरीलगायतले आ–आफ्नो धारणा राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ