- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताका दुई सेमिफाइनल खेलहरु भइरहेका छन् । तर नेपाल र कुवेतबीचको त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा भइरहेको खेल भने वर्षाले रोकिएको छ ।
वर्षाले खेल रोकिनुपूर्व नेपालले पहिले ब्याटिङ गर्दै २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएको छ ।
नेपालले उत्कृष्ट शुरुआत गर्दै पहिलो विकेटका लािग ७७ रनको साझेदारी भएको छ । कुशल भुर्तेल ३९ बलमा ४३ रन बनाएर आउट भएका छन् । तर दोस्रो विकेटका लागि भने एक रनको मात्र साझेदारी भएको छ । भीम सार्की ४ बलमा १ रन बनाएर आउट भएका छन् ।
त्यस्तै तेस्रो विकेटका लागि मात्र दुई रनको साझेदारी भएको छ । आसिफ शेख २८ बलमा ३१ रन बनाएर आउट भएका छन् । नेपालले १२.२ ओभरमा ३ विकेट गुमाएर ८० रन बनायो ।
चौथो विकेटका लािग भने कप्तान रोहित पौडेल र कुशल मल्लबीच राम्रो साझेदारी भएको छ । रोहित ३० तथा कुशल ३२ रन बनाएर अविजित छन् ।
त्यस्तै मूलपानीमा यूएईले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।
नेपाल समूह चरणमा ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समूह ए बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बी बाट उपविजेता कुवेत अन्तिम खेलमा हङ्कङ्लाई ३० रनले हराएर सेमिफाइनलमा पुगेको हो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटमा र्यूएईभन्दा पछि पर्दै उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।
यसैगरी समूह ए को उपविजेता ओमान र समूह बीको विजेता यूएई मूलपानीमा खेल्नेछन् । यूएई ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ समूह बीबाट विजेता टोली बनेर सेमिफाइननलमा पुगेको हो भने ओमान ४ खेलमा ३ मा जित र १ हारका साथ ६ अंकका साथ समूह ‘ए’बाट दोस्रो स्थानमा रहेको टोली हो ।
जारी प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्नेछ । शीर्ष तीन टोलीले भने एसीसी इमर्जिङ कप खेल्न पाउने छन् ।
नेपाल–कुवेत हेड टु हेड
नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएको छ । जसमा नेपालले दुई तथा कुवेतले एक जित हात पारेको छ ।
कुवेतसँगको पछिल्लो भेट सन् २०१२ मा यूएईमा भएको थियो । एसीसी ट्रफी एलिटमा भएको खेलमा कुवेत ४ विकेटले विजयी भएको थियो ।