arrow

वैज्ञानिक माग पूरा गराउन रातभर सुते सडकमै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १६ शनिबार
mahabir-pun-maitighar-manadala.jpg

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन रातभर माइतीघर मण्डला सुतेका छन् । शुक्रबारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामवाट आन्दोलनमा उत्रेका पुन रातभर माइतीघर मण्डलामा सुतेर प्रदर्शन गरेका हुन् ।  

 ‘लु, हामी चाहिँ माइतीघर मण्डलाको सडकमा रात भर सुतेर उठ्यौँ, जनताहरु सुति रहनुहोस् र नेपाल सरकारलाई मज्जाले सुत्न दिइ रहनु होस्,’ पुनले शनिबार बिहान भने, ‘के त होला र ? केही चिन्ता छैन, हदै भए यही नेपाल ता जाला, पृथ्वी ता रहिरहन्छ नि ।’ 

अविश्कार केन्द्रका प्रमुख पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तीमा १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका माग राखेर उनी आन्दोलनमा उत्रेका हुन् ।
 
गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाए पछि आक्रोशित पुनः आन्दोलनमा होम्मिएका हुन् । 

‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारसँग तपाईको सन्तानको, तपाईको भाबी सन्ततिको र मातृभूमीको भविष्य जोडिएको छ,’ आन्दोलनमा जानु अघि उनले भनेका थिए, ‘बैशाख १५ गते शुक्रबारदेखि माग पुरा नहुँदासम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट नेपाल सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न सम्पूर्ण नेपालीहरुलाई आह्वान गर्दछु ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ