arrow

महावीर पुनको अभियानमा नेवीसंघको ऐक्यबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १६ शनिबार
mahabir-pun-nebisangh.jpg

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनद्वारा अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद एन बनाउनेदेखि हरेक वर्ष विकास बजेटमा निश्चित बजेट रकम छुट्टाई आविष्कार कोष कडा गर्नु पर्ने उद्देश्यले बसेको धर्ना अर्थात् आन्दोलनमा नेपाल विद्यार्थी संघका नेताहरुले एक्यबद्धता जनाएका छन्  । 

उक्त ऐक्यबद्धता कार्यक्रममा नेपाल विद्यार्थी संघका नेता ई. सुवास पौडेलको नेतृत्वमा उपत्यकामा अवस्थित त्रिचन्द्र क्याम्पस, अमृत साइन्स क्याम्पस , थापाथली क्याम्पस, कान्तिपुर इन्जिनियिङ्ग कलेज लगायतका  विभिन्न क्याम्पसका नेतृत्वदायी विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो । 

इनोभेसन र इन्भेन्सनमा राज्यले एकदमै कम प्राथमिकता दिएको, यस्तो क्रियकलापले कुनै पनि क्रिएसन हुन नसकेको  र त्यसैको फलस्वरूप आजका दिनमा विकासका संभावित  ढोकाहरु खोल्न नसकिएको परिस्थितिबारे जिकिर गर्दै अब यस्तो परिस्थितिलाई निराकरण गर्न सरकारलाई दबाब दिन नेवीसंघ तत्पर रहेको पौडेलले जिकिर गरे । 

साइन्स, टेक्नोलोजी र इनोभेसनको क्षेत्रमा हाम्रो नेपाल सदैव विदेशबाट आयातित वस्तुमा निर्भर हुनुपर्ने बाध्यात्मक परिस्थितिलाई औँल्याउँदै  आगामी दिनमा स्वदेशमै अध्ययन र अनुसन्धानको क्षेत्रमा नेतृत्वले प्राथमिकता दिएर यस क्षेत्रको विकाससहित देशको समग्र विकासमा उल्लेखनीय भूमिका खेल्न उनले कामनासमेत व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ