arrow

रवि संसदीय दलको नेता बन्दै 

डोलप्रसादले बुझाए  राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
rastriya-swatantra-party-ravi-lamichhane.jpg

काठमाडौं ।  उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट निर्वाचित भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने  संसदीय दलको नेता बन्ने भएका छन् । उक्त पार्टीको संसदीय दलको बैठक सोमबार बस्ने र बैठकले पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने छ । 

त्यसैको तयारी रास्वपा उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका छन् । 

यसअघि सभापति लामिछाने संसदीय दलको नेता थिए । नागरिकता विवादमा प्रतिनिधिसभा सदस्य पद गएसँगै उनले  संसदीय दलको नेताबाट राजीनामा दिएका थिए ।  उपसभापति अर्याल सो पदमा रहेका थिए । चितवनबाट पुन निर्वाचित भएसँगै  लामिछाने निर्वाचित भएसँगै शुक्रबार शपथ लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ