arrow

गुजरात शीर्ष स्थानमा, दिल्लीको हार कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
ipl-gujarat-kolkata.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा गुजरात टाइटान्स विजयी भएको छ । गएराति इडन गार्डेनमा भएको खेलमा गुजरातले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हरायो । 

पहिले ब्याटिङ गरेको कोलकाताले ७ विकेटको क्षतिमा १७९ रन बनायो । रहमनुल्लाह गुर्बाजले ३९ बलमा ८१ रन बनाए । त्यस्तै बर्थडे ब्वाइ आन्द्रे रसेलले १९ बलमा ३४ रन जोडे । मोहम्मद शमीले ३ तथा जोश लिटिल र नुर अहमदले समान २–२ विकेट लिए । 

जवाफमा गुजरातले १७.५ ओभरमै ३ विकेट गुमाएर जित हासिल गर्यो । विजय शंकरले २४ बलमा अविजित रहँदै ५१, शुबमन गिलले ३५ बलमा ४९ रन तथा डेभिड मिलरले १८ बलमा अविजित रहँदै ३२ रन बनाए ।

हैदराबाद–दिल्ली भिडन्त
सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ९ रनले हराएको छ । दिल्लीमा भएको खेलमा पहिले ब्याटिङ गरेको हैदराबादले अभिषेक शर्माको ३६ बलमा ६७ तथा हेन्रिच क्लासेनको २७ बलमा अविजित ५३ रनको मद्धतले ६ विकेटको क्षति १९७ रन बनायो । 

मिचेल मार्शले ४ विकेट लिए । 

जवाफमा दिल्लीले ६ विकेटको क्षतिमा १८८ रनमात्र बनायो । मिचेल मार्शले ३९ बलमा ६३ तथा फिल साल्टले ३५ बलमा ५९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

अंक तालिका 
८ खेलबाट साविक विजेता गुजरात टाइटान्स १८ अंकसहित शीर्ष स्थानमा रहेको छ । राजस्थान रोयल्स ८ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । ८ खेलबाट १० अंकसहित लखनउ सुपर जाइन्टस तेस्रो स्थानमा छ । ८ खेलबाट १० अंकको चेन्नई सुपर किंग्स चौथो स्थानमा छ । 

रोयल च्यालेन्जर्स बेंगलोर ८ खेलबाट ८ अंकसहित पाँचौं तथा पञ्जाब किंग्स ८ खेलबाट ८ अंकसहित छैटौं स्थानमा छ ।  

कोलकाता नाइट राइडर्स ९ खेलबाट ६ अंकसहित सातौं, सनराइजर्स हैदराबाद ८ खेलबाट ६ अंकसहित आठौं तथा मुम्बई इन्डियन्स ७ खेलबाट ६ अंकसहित नवौं  स्थानमा रहेको छ । 

८ खेलबाट ४ अंकको दिल्ली क्यापिटल्स पुछारमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ