arrow

सिन्धुलीको पीपलभञ्ज्याङ नजिक

भीरमा खस्यो कार : दुईको मृत्यु, एक जनाको अवस्था गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
accident-final.jpeg

काठमाडौं ।  काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको  कार दुर्घटनामा परेको छ । कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।   

दुर्घटना बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ पीपलभञ्ज्याङ नजिक बा ८ च ९१३५ नम्बरको कार अनियन्त्रित भई उक्त ठाउँमा सडकबाट अन्दाजी २० मिटर तल भीरमा खसेको थियो । 

कारमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 मृत्यु हुनेमा झापा चारपानेका ४३ वर्षीय कुमार पुरी र साबिक सिन्धुली कपिलाकोटका साहारा प्रसाईँ रहेका छन् । 

प्युठानका  योगेन्द्र थापा गम्भीर घाइते भएका छन् । थापाको थप उपचारका लागि काठमाडौं ल्याइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ