arrow

इलामको चिया केजीको १० हजारमा बिक्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
tea-bikri.JPG

इलाम ।  यस सिजनको चियाको टिपाई सुरु भएसँगै विदेशी चिया व्यापारी इलाम आउन थालेका छन् । तेस्रो देशका चिया पारखी तथा चिया व्यापारीहरु चियाको गुणस्तर हेर्न र चिया चाख्न इलाम आउने गरेका छन् । 

शनिबार २७औँ चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा पर्यटकीय क्षेत्र अन्तुमा ‘टि टेस्टिङ’ गरिएको हो । टि टेस्टिङमा भारत, जापान, चीन र अमेरिकालगायतका देशका चिया व्यवसायीको उपस्थिति थियो । चिया टेस्टिङका अवसरमा व्यवसायीले चिया खरिद समेत गरेका थिए ।
    
नेपालमा पहिलो पटक लिलामीमार्फत अर्थोडक्स चिया बिक्री गरिएको छ । इलामको कन्याममा ‘डेमो अक्सन’मार्फत प्रतिकेजी रु १० हजारमा चिया बिक्री भएको हो । एकजना अमेरिकी नागरिकले प्रतिकेजी रु १० हजारका दरले ‘अर्थोडक्स ब्ल्याक टी’ खरिद गरेकी हुन् । अमेरिकी नागरिक जेनीले लिलाम बढाबढमा पाँच केजी अर्थोडक्स चिया रु ५० हजारमा खरिद गरेकी हुन् । 

सूर्योदय चिया उत्पादक सङ्घले उत्पादन गरेको चिया किसानले प्रतिकेजी रु एक हजार मूल्य तोकेका थिए । उक्त मूल्यमा अमेरिका, चीन, जापान र रुसका खरिदकर्ताले मोल बढाबढ गर्दै प्रतिकेजी १० हजारसम्म पुर्‍याएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ