arrow

सलमानले भने- आजकल म आफैँ डराएको छु

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
salman-khan1.jpg

काठमाडौं । अभिनेता सलमान खानले आफू डराएको बताएका छन् । ज्यान लिने धम्कीपछि सुरक्षा खतरालाई लिएर सलमानले यस्तो टिप्पणी गरेका हुन् । 

सलमानले भनेका छन्,' अहिले मेरो वरिपरि यति धेरै सिंह छन्, यति धेरै बन्दुक मसँग दौडिरहेका छन् कि आजकल म आफैँ डराएको छु ।'

ज्यान मार्ने धम्कीको बीचमा सलमानलाई मुम्बई पुलिसले बाइ प्लस सुरक्षा दिएको छ।  उनले थपे,' अब सडकमा साइकल चलाएर एक्लै कतै जान सकिँदैन । र त्यो भन्दा बढी, अब मलाई  ट्राफिकमा हुँदा समस्या, त्यहाँ धेरै सुरक्षा हुन्छ, तर यसले अरूलाई समस्या निम्त्याउँछ। फ्यानहरू मलाई अनौठो नजरले हेर्छन् । तर खतरा गम्भीर भएकाले सुरक्षा व्यवस्था गरिएको छ ।'

सिद्धु मुसेवालाको हत्यापछि लरेन्स बिश्नोई गिरोहले सलमानलाई आफ्नो अर्को निशाना बनाएको छ । उसले ३० अप्रिल अर्थात् आज नै अभिनेताको हत्या गर्ने समेत बताएको छ ।  इन्डिया टिभीको शो 'आप की अदालत' मा आफ्नो अनुभव सुनाउँदै  सलमानले भने, ' मलाई थाहा छ कि जे हुनु छ त्यो हुनेछ तपाईँले जे गरे पनि। म विश्वास गर्छु भगवान् छन्।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ