arrow

राष्ट्रपति पौडेल स्वदेश फर्किंदै, केही साता घरमै आराम गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
ramchandra-poudel-india-patient.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा उल्लेख्य सुधारपछि आज राति भारतबाट स्वदेश फर्किंदै छन्। राष्ट्रपति कार्यालयका अनुसार स्वास्थ्य उपचारका लागि झण्डै दुई साताअघि भारत गएका राष्ट्रपति पौडेल आजै राति नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाल फर्किंदै छन् । 

उन स्वास्थ्य उपचारका लागि यही बैशाख ६ गतेदेखि भारतको दिल्लीस्थत अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचाररत थिए । 

स्वास्थ्यमा उल्लेख्य सुधारपछि घर फर्किए पनि केही हप्ता पर्याप्त आराम गर्न राष्ट्रपति पौडेललाई उपचारमा संलग्न चिकित्सकको सुझाव छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ