arrow

कोरोनाका ६० संक्रमित थपिए, घटे खोप लगाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
nepal-corona-virus.jpg

काठमाडौं । कोरोना भाइरसका ६० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७२ जनाको पीसीआर परीक्षणबाट २२ तथा १ हजार २०१ जनाको एन्टिजेन परीक्षणबाट ३८ संक्रमित थपिएका हुन् । 

हाल सक्रिय संक्रमित पीसीआर परीक्षणबाट ३२८ जना रहेका छन् । जसमा काठमाडौं उपत्यकामा २८ जना संस्थागत आइसोलेसनमा, ९ जना आईसीयूमा तथा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

जसमा वीर अस्पतालको एचडीयूमा ८ जना आईसीयूमा ३ जना तथा भेन्टिलेटरमा १ जना रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ जना एचडीयूमा र ४ जना आईसीयूमा रहेका छन् । 

वीरेन्द्र अस्पताल छाउनीको जनरलमा १ जना रहेका छन् । त्यस्तै ग्रान्डी अस्पतालमा १ जना जनरलमा रहेका छन् ।

उपत्यका बाहिरको विवरण भने मन्त्रालयले दिएको छैन । 

५५ जनामात्र संक्रमणमुक्त भएका छन् । खोप लगाउनेको संख्या २ हजार ६३५ रहेको छ । मन्त्रालयले प्रक्रिया पुगेका सबैलाई खोप लगाउन आग्रह गरिरहेको छ । 

कोरोनाबाट अहिलेसम्म १२ हजार ३० जनाको मृत्यु भइसकेको छ । शनिबार पनि एक जनाको ज्यान गएको थियो । 

बेवास्ता नै बढी 
नेपालमा कोरोना भाइरसको महामारी द्रूत गतिमा बढिरहेको छ । सात किसिमका ओमिक्रोनका भेरियन्ट अहिले फेलिएका छन् । त्यतिमात्र हैन भारतमा द्रूत गतिमा फैलिएको नयाँ भेरियन्ट एक्सबीएफसमेत नेपालमा देखिइसकेको छ । 

तर सावधानी कमैलेमात्र अपनाएका छन् । परीक्षण गराउन जाने पनि निकै नै कम छन् । घरदेखि अस्पतालसम्म र सार्वजनिक यातायातदेखि कार्यालयसम्म कसैले पनि कोभिड प्रोटोकल लागू गरेको पाइँदैन । 

त्यतिमात्र हैन मास्कसमेत लगाएको पाइँदैन । कोरोना फैलिने सबैभन्दा खतरा अस्पतालमै हुने भए पनि अस्पतालमासमेत बिना मास्क बिरामीदेखि चिकित्सकसम्म हिँडिरहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेसमेत पटकपटक सावधानी अपनाउन भन्दै औपचारिक रुपमा सन्देश दिए पनि सरकारले नै सुनेको छैन । पूर्वतयारीसमेत गरिएको छैन ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ