arrow

रसियाली विदेशमन्त्रीद्वारा आक्रोश व्यक्त

logo
प्रकाशित २०७३ असोज १७ सोमबार
sargoi.jpeg
मस्को। रासियाली विदेशमन्त्री सर्गेइ लाभ्रोभले आफ्नो अमेरिकी समकक्षी जोन केरीसमक्ष कडा आक्रोश व्यक्त गरेका छन् । रुसमा पनि अतिवादीहरुबाट आतङ्ककारी आक्रमण हुन सक्ने सम्भावना रहेको भन्ने केही दिन अघिको वासिङ्गटनको भनाईप्रति लाभ्रोभले केरीमाथि आक्रोश पोखेका हुन् । 
 
गत बुधबार अमेरिकी गृह मन्त्रालयका प्रवक्ता जोन कर्बाइले आफ्नो सम्बोधनको क्रममा ‘यदि सिरियामा यसरी नै गृहयुद्धले निरन्तरता पाउने हो भने, अतिवादीहरुबाट रुससमर्थित राष्ट्र वा रुसकै सहरमा पनि आक्रमणको खतरा रहने बताएका थिए । 
 
रसियाली सहरमा आतङ्ककारी आक्रमण हुन सक्छ भन्नु कुटनीतिक धर्म विपरित मात्र नभई र यस्तो अभिव्यक्ति वासिङटनको आगो सल्काई दिने नीति हो कि भन्ने पनि प्रश्न उब्जन्छ भनी रिया नोभोस्ति समाचार समिति लाई उप विदेशमन्त्री सर्गे  र्‍याब्कोभले बताएका छन् ।
 
रासियाली विदेशमन्त्री लाभ्रोभ र अमेरिकी विदेशमन्त्री केरीबीच यही विषयमा गतः बिहीवार टेलिफोनमा करिव डेढ घण्टासम्म कुराकानी भएको थियो । उप विदेशमन्त्री र्‍याब्कोभले खुलासा गर्नु भएको छ । कुराकानीको क्रममा, प्रमुख सिरियाली समस्याहरु समाधानार्थ वार्ता गर्न रुसले आफ्नो द्वार अमेरिकाका लागि सदैव खुल्ला राखेको पनि विदेशमन्त्री लाभ्रोभले केरीलाई बताएको पनि उप विदेशमन्त्री र्‍याब्कोभले खुलासा गरेका थिए  । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ