arrow

वैशाख २१ मा गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिने 

प्रदेशसभाको अधिवेशन आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १८ सोमबार
Surendra Panday.jpg

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

प्रदेश प्रमुख गुरुङले गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन वैशाख २१ गते दिनको २  बजेदेखि आरम्भ हुने गरी आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त दिन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने कार्यक्रम छ । प्रदेश प्रमुख गुरुङले पाण्डेलाई यही वैशाख १४ गते मुख्यमन्त्री नियुक्त गरेका थिए। 

पाण्डेले नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) का सात र स्वतन्त्र एक जना गरी ३५ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
 



नयाँ